Header Ads


 

भाटभटेनीमा लुटपाट रोक्न सुरक्षा गार्डको बहादुरी, ५ लाखसहित सम्मान




शुक्रबार कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा राजावादी प्रदर्शनकारीको एक समूह लुटपाटमा संलग्न भयो। घटनाका क्रममा बहादुरीपूर्वक प्रतिकार गर्दै सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीले सुपरमार्केटको सुरक्षामा महत्वपूर्ण भूमिका खेले। उनको साहसलाई कदर गर्दै भाटभटेनी सुपरमार्केटले उनलाई ५ लाख १ हजार १११ रुपैयाँसहित सम्मान प्रदान गरेको छ।


बुधबार आयोजित विशेष कार्यक्रममा अर्को एक सुरक्षा गार्डलाई ५१ हजार रुपैयाँ, साथै ड्युटीमा रहेका थप दुई जनालाई २५-२५ हजार रुपैयाँ प्रदान गर्दै सम्मान गरिएको थियो। सुपरमार्केटका कर्मचारीहरूलाई पनि मनोबल उच्च बनाउन विशेष सम्मान प्रदान गरिएको छ।


भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले सम्मान हस्तान्तरण गरेका हुन्। सुपरमार्केटका सिइओ राजु पौडेलका अनुसार तोडफोड तथा लुटपाटका क्रममा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ, जसमा ६४ लाख ८८ हजार रुपैयाँ बराबरको सामान लुटिएको छ।


घटनापछि पनि भाटभटेनी सुपरमार्केटले आफ्नो सेवा रोकिएन। रातभर सरसफाइ तथा मर्मत सम्भार गरेर शनिबार बिहानैदेखि पुन: सञ्चालनमा ल्याइएको थियो।

No comments