भाईरल गायिका सिम्रन परियारको चर्चा चुलियो ,गायक प्रमोद खरेलले यसरी गरे तारिफ Simran Pariyar Interview,biography ,lifestyle Song
पछिल्लो समय सुमधुर आवजकि धनी नबगायिका सिम्रन परियारको चर्चा एकाएक चुलिएको छ।विशेष गरि नेपाली आधुनिक संगितमा रुचि भएकी गायिका सिम्रनले गाएको पहिलो गितले युटुबको ट्रेन्डिङमा कब्जा जमाएको छ।
सिम्रन परियारको जन्म बाग्लुङ जिल्लाको तिनतले भन्ने ठाउँमा भएको हो ।हाल उनी भर्खरै १८ बर्षकि भईन।उनी सामान्य परिबारमा जन्मिएकी हुन,उन्को परिबारमा बाबा,आमा र एक भाइ रहेका छन ,उन्का बुबा बिगत केही बर्षदेखि वैदेशिक रोजगारीमा रहेका छन ।
सिम्रन भने सानै बाट गित गाउन र नाच्न खुबै रुचि राख्ने रहिछिन।उन्ले ४ कक्षा बाट नै गित गाउन थालेको रहिछिन।गित गाउने बाहेक स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा पनि भाग लिने गर्दीरहिछन्।हाल उनी बाग्लुङमै बिज्ञान संकायमा कक्षा १२मा पढ्दै छिन।
आखिर एक्कासि कसरी भाईरल बनिन सिम्रन?
सिम्रनको स्वरको तारिफ यत्र तत्र चर्चा हुन थालेपछि विशेष गरि मेचिमहाकाली खबरका संचालक भोजराज थापामार्फत मिडियामा हाईलाईटमा आएकी सिम्रन परियार,धेरै मिडियामा उन्का अन्तरबार्ता आएका छन तर उन्लाई यो स्थानसम्म ल्याउन मुख्य भुमिका भोजराज थापाको नै छ।
त्यसपछि भोजराज थापाले गायक संगितकार सुनिल बिसिसंग सहकार्य गरि बागलुङबाट सिदै काठमाडौ लिएर आएका थिए।काठमाडौ आए लगत्तै सुनिलले नयाँ प्रतिभाको प्रस्फुटन होस भन्ने मनसाय र सिम्रनको आवाज मन परेको ले तुरुन्तै गित रेकर्ड गराएका थिए ।लाखौं लाख खर्च गरेर महँगा गायक गायिकालाई गित गाउन लगाउने प्रचलन बढेको समयमा सामन्य भिडियो दृश्यमा तयार भएको यो गितले १ दिनमै ८ लाख दर्शकको माया पाईसकेको छ।
गित हिट भएपछी सिम्रनले सुगम संगितको हिरो प्रमोद खरेललाई पनि भेटेकि छिन।प्रमोदले उन्को स्वरको तारिफ गर्दै सुभकामना समेत दिए भने सकभर काठमाडौमै संगित सिक्दै आफ्नो पढाईलाई पनि निरन्तरता दिन सुझाब समेत दिए।यदपी अहिले नै काठमाडौ बस्ने परिपाटी नमिलिसकेको बताएकी छिन सिम्रनले ,आफ्नो पढाइ पनि रहेको हुनाले गित संगित र पढाइ संगसंगै लजाने बताएकी छिन।अब के सिम्रन नेपाली गित संगितमै जम्लिन वा अन्य छुट्टै क्षेत्रमा त्यो त समयले बताउला खैर मीठो आबाज बाट सबैलाई मोहित परेकी सिम्रन परियारलाई सांगेतिक भबिस्यको धेरै धेरै शुभकामना।
#simranpariyar #simranpariyarinterview #simranpariyarbiography #simranpariyarlifestyle #simranpariyarsong
Post a Comment