Header Ads


 

Nirjala gurung biography निर्जला गुरुङले रेकर्ड तोडिन हेर्नुहोस, nirjala gurung new live dohori ,nirjala gurung vs chij gurung live dohori

 पछिलो समय सबैले रुचाएकी चर्चित गायिका हुन निर्जला गुरुङ,बिशेष गरि दोहोरीको बादशाह राजु परियार,राम्जी खाँड अनि चिज गुरुङसंग निर्जलाले गाएका लाईभ दोहोरीले त युटुबमा भ्युज पनि बटुलिसकेको छ ,धेरै दर्शकहरुको मुल्यांकन अनि कमेन्ट हेर्दा उन्लाई भबिस्यको बिष्णु माझी समेत भनेर शुभकामना दिएका छन।आउनुहोस हेरै आखिर भबिस्यको एक नम्बर गायिका बन्न सक्ने आधारहरु के के छन अनि दर्शकहरुले अत्याधिक रुचाउनुको कारण के रैछन जानौ।

          
                                     निर्जला गुरुङ हिट हुनुको पहिलो कारण हो उन्को सुमधुर आवाज ,उन्को आवाजमा छुट्टै मिठासपन,गायकिपन तथा फरक भ्वाईस टोन पनि रहेको छ।उन्को आवाजमा मौलिक अर्गानिक शैली पनि रहेको छ।जुन दर्शकहरुलाई आफू तिर तान्न सक्ने गजबको खुबी हो निर्जलाको,गोर्खाको डिप्लिङ खानचोक भन्ने ठाँउमा जन्मेकी उन्ले हालसम्म कुनै औपचारिक सँगित शिक्षा लिएकी छैनन,गाँउघरमा हुने मेलापर्ब,बिबाह रत्यौलिमा र स्कुलको कार्यक्रममा गित गाँउदै उन्को सांगेतीक बाल्यकाल बितेको थियो।
❤❤



                 तेस्तै निर्जला गुरुङ चर्चामा आउनुको दोस्रो कारण हो उन्को उत्कृष्ट प्रस्तुति ,निर्जला गुरुङको आफ्नै गाउने शैली छ।गायकीपन ,शब्द ,लय अनि संगितमा पनि विशेष ध्यान दिन्छिन निर्जला गुरुङले,जथाभावी छाडा दोहोरी गाएर भाईरल हुने वा चर्चा बटुल्ने चाहना छैन उन्को बरु राम्रा अनी गहकिला शब्दहरु बाट सबैको मन जित्न चाहन्छिन निर्जला गुरुङ,आजभोलि चर्चा कमाउने लोभमा हदै सम्मको छाडा गित गाउनेहरुका लागि गतिलो उदाहरण हुन निर्जला गुरुङ।


                  निर्जला गुरुङ चर्चामा आउनु र सफलताको अर्को कारण हो उन्को संघर्ष नै हो।संघर्ष बिना कुनै पनि क्षेत्रमा सफलता पाउन मुस्किल हुन्छ,गायिका निर्जला गुरुङले पनि सांगेतिक क्षेत्रमा सफल हुन धेरै संघर्ष गर्नु परेको थियो यद्यपि उन्को संघर्ष अझै सकिएको छैन उनी अझै पनि अगाडि बढिरहेकी छिन।केही हिस्सा सफलता पाएपनि उन्को चाहना भने नेपालकै टप गायिका बन्ने रहेको छ।जिबनमा अभाब,दुख ,पीडा,भोगेकी निर्जला कहिले काँही आफ्नो बिगत सम्झेर भावुक पनि हुने गर्छिन।६ बर्श अगाडि राम्रो गायिका बन्छु भनेर काठमाडौ आएकी उन्लाई सुरुवाती समयमा धेरै संघर्ष गर्नुपरेको थियो ,तेतिबेला उन्लाई दोहोरी साँझमा काम गर्छु भन्दा पनि कसैले पत्याएनन,उन्को आवाज लाई कसैले वास्तै गरेनन तर उन्ले हार खाईनन बरु  निरन्तर अगाडि बढिरहिन।पूरा जानकरि तलको भिडियोबाट हेर्नुहोला।


3 comments: